म Pa Chuks , निकै मिठा र गहकिला मुक्तक हरु आए मेरो गजल मा र त्यसैलाई जवाफ फर्काउने कोसिस गर्दागर्दै निकै रमाइलो प्रस्तुति बन्न पुग्यो | गजलमा प्रतिक्रिया गर्नु हुने सम्पूर्णलाई धन्यबाद दिदै यस मुक्तक दोहोरीमा सहहागी हुनुहुने सम्पूर्णलाई विशेष धन्यबाद तथा आभार प्रकट गर्न चाहन्छु |
हुन त साहित्य कुलो जस्तै हो जता लाग्यो उतै जान्छ , जता बगायो उतै सलल बग्छ तर त्यहाँ पनि पानी बाधक रहेको हुन्छ , जसले भद्रगोल हुन दिदैन , यहाँ पनि सब्दहरु त्यसरी नै आफ्नो केन्द्रमै रहेर बहस भएको छ , सबैले आ-आफ्नो बिचार ब्यक्त गर्नुभएको छ !
निकै रोचक लागेर मलाई यहाँ राखौ झैँ लाग्यो , अब यस्तै घोषित मुक्तक दोहोरी चलाएर यहाँ सजाउने भएको छु , आसा छ यहाँहरु पुन: साथ मा रहनुहुनेछ
दोहोरीको मुख्य जड गजल :-
गजल _______________
रमितेको हुल बनाइ घेर्छन् होला मलाइ पनि
चोखो भन्दै पिताम्बर बेर्छन् होला मलाइ पनि
अकालमै मर्नेलाइ त चिरफार गर्छन् यहाँ
टुक्रा पार्दै सरिर नै सेर्छन् होला मलाई पनि
सेतै लाउने नुन बार्ने छन् कि मेरा कतै कोहि
स्वोर्ग जाने वस्त्र कात्रो फेर्छन् होला मलाइ पनि
लावालस्कर भिड हुन्छ संख को त्यो धुन हुन्छ
पाखा बसी गिर्दा लाग्दै हेर्छन् होला मलाइ पनि
आँसु धारा बग्लान् कतै कोलाहाल बन्ला कतै
शोकाकुल श्रद्धाञ्जली केर्छन् होला मलाइ पनि
-प्रकाश अर्याल “चुकुप्रकाश”
हाल : भारत
दोहोरीमा सगभागी हुनुहुने यहाँहरुलाई धन्यवाद !!


हेरौ कस्तो बन्यो यो मुक्तक दोहोरि -
Bimal Parajuli
मान्छे मर्दा के चाहिन्छ जोहो गर्दै गर !!
कस्तो कात्रो ओढाइन्छ जोहो गर्दै गर !!
मलामीले ल्याउदा हुन बजाउने शंख !
हरियो बाँस काँ पाइन्छ जोहो गर्दै गर !!
..............................
Pa Chuks
राखे राखून फाले फालून मृत लासलाई
जतन गरि पाले पालून मृत लासलाई
मरे पछी के नै हुन्छ जे गरेनी उसलाई
घाटमा लागि बाले बालुन मृत लासलाई
..............................
Bimal Parajuli -
हेर्ने मन भए यहिँ ढलेको छु हेर !!
चितामाथी कात्रो ओढी जलेको छु हेर !!
राम नाम सत्य हो को गुञ्जायस सँगै !
जोर संख अघि लगाई चलेको छु हेर!!
..............................
Pa Chuks:
Bimal Parajuli जी को लागि जवाफ ..
कसलाई हेरौ कहाँ हेरौ आफै ढलिसकें !!
झरेको त्यो फल जस्तै आफै गलिसके !!
पाखा पाखा संख ध्वोनी गुन्जेको छ यहाँ !
मलामी नि जान पाइन आफै बलिसकें !!
..............................
Prem Katwal जी लेख्नु हुन्छ -
राम नाम सत्य जप्दै मलामीका तातले!
घाट पुर्याई दाग बत्ति देलान कस्को हातले!!
रित्तै जानु पर्छ नत कात्रै गोजिवाला!
बेकार छ मै हुँ भन्नु मानिसको जातले!!
..............................
Pa Chuks
प्रेम जी को लागी उत्तर -
देस जलिसक्यो यहाँ मान्छे बलिसक्यो !!
जताततै रुख रुखमा मान्छे फलिसक्यो !!
संख फुक्ने को छ यहाँ घाट लाने हो छ !
दाग बत्ति दिने पनि मान्छे ढलिसक्यो !!
..............................
Prem Katwal
आफ्नै दुनो सोझो पारौं, किन चिन्ता लिनु!
जे भएनि बाँच्ने आसा, राख्नु पर्छ झिनु!!
कोहि जान्छन मिति पुगि, कोहि आफैं फल्छन्!
मर्ने मर्छ बाँच्ने ले त, फाल्नै पर्यो सिनु!!
..............................
Pa Chuks
यसरि उत्तर दिएँ ..
मरे पछि फाल्ने यहाँ कोहि भेटिदैन
बाचुन्जेल पाल्ने यहाँ कोहि भेटिदैन
दुनियालाई बिगार्नेछन् पैसा पाएपछी
भत्केकोलाइ टाल्ने यहाँ कोहि भेटिदैन
..............................
क्रमसः भाग २
0 comments:
Speak up your mind
Tell us what you're thinking... !