चौथो मुक्तक दोहोरि - बिमल राज को साथमा - नेपाली मुक्तक दोहोरि
Headlines News :
Home » » चौथो मुक्तक दोहोरि - बिमल राज को साथमा

चौथो मुक्तक दोहोरि - बिमल राज को साथमा

Written By Prakash blog store on Monday, May 12, 2014 | 12:55 PM

मुक्तक दोहोरि चौंथो  शृंखलामा यहाँहरुलाई स्वागत छ |
मुक्तक , गजल , तियाली अनि यस्तै अनेक विधामा निकै चासो बढ्दै गएको अवस्था छ हाम्रो नेपालमा |
नेपालमा रहनु हुने नेपाली या बाहिर रहनुहुने नेपाली या नेपाली भाषा जान्ने र उत्सुकता देखाउनुहुने अन्य मुकुकका नेपाली मनहरु , सबै ऐले साहित्यिक बन्न र भन्न रुचाउनु भएको देखिन्छ | सुरुमा गजल सिक्ने हरु मुक्तक (रुवाइ) , लेख्ने कोसिस गर्छन् , यसै बाटै नया कदमको सुरु हुन्छ र दर्बिलो गजल पनि बन्छ |
हुन त मुक्तक आफैंमा पूर्ण छ , दुई वोटा मात्र शेर हुने मुक्तक लेख्न सजिलो छैन , यहाँ सम्पूर्ण भाव , कथा , व्यथाले पूर्णता पाएको हुनुपर्दछ अनि संरचना पनि .. बल्ल बन्छ मिठो मुक्तक |

यो पटकको मुक्तक दोहोरि बिमल राज "रास्ट्रप्रेमी" को साथमा छ ! मुक्तकको सुरुवात उहाँले यसरि गर्नु भयो -

किन मनले राम्री राम्री ताकिरहन्छ
राम्री पाउन देवी देउता भाकिरहन्छ
राम्री ताक्न देउता भाक्न छोड्दै छोड्दिन
जती थाक्छ थाकोस् यो मन थाकिरहन्छ

-विमलराज ढकाल "राष्ट्रप्रेमी" 




(नोट : मुक्तक दोहोरि (Bimal Raj) -विमलराज ढकाल "राष्ट्रप्रेमी"  कै व्यक्तिगत फेसबुक पेज मा चलेको थियो , बाकि स-प्रसंग मुक्तक जोड्न या , उहालाई पुनः मुक्तक कै झटारो हान्न चाहनु हुन्छ भने , तल कमेन्ट बक्स मा आफ्नो मुक्तक छोड्न सकिन्छ |

परिचय

नाम : विमलराज ढकाल " राष्ट्रप्रेमी" 
जन्म मिती : २०४५ ११ २८
 बुवाको नाम : दुर्गा बहादुर ढकाल 
 आमाको नाम : आशा ढकाल 
जन्म स्थान : बसेरी ५ धादिङ 
अध्ययन : १०+२ पास
 रुची : नेपाली साहित्य सिर्जना (गजल , मुक्तक , कविता ,लोक तथा दोहोरी गीत )
 प्रकाशित : विभिन्न पत्रीकाहरुमा गजल 
 प्रकाशोन्मुख कृति : गजल संग्रह ",,,,,,," 
संलग्नता : सदस्य ( सिर्जना प्रतिस्ठान धादिङ , राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान धादिङ , नेपाल प्रेस युनियन धादिङ )







___________हेरौं कस्तो भयो त दोहोरि________________









Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Comment

 
Support : Web Designer | chukuprakash | Prakash Aryal
Proudly powered by Blogger
Copyright © 2011. नेपाली मुक्तक दोहोरि - All Rights Reserved
Design by Chukuprakash