मुक्तक भनाभन तथा दोहोरि - चुकुप्रकाश संगको रमाइलो - नेपाली मुक्तक दोहोरि
Headlines News :
Home » » मुक्तक भनाभन तथा दोहोरि - चुकुप्रकाश संगको रमाइलो

मुक्तक भनाभन तथा दोहोरि - चुकुप्रकाश संगको रमाइलो

Written By Prakash blog store on Tuesday, May 20, 2014 | 6:22 PM



Gaurav Duwadee 
 To: चुकु मास्टर 
न रस्मि पाउने छौ न काली पाउने छौ ।।
जति लड अन्त्यमा खाली पाउने छौ ।।

केटी भनेपछि किन भुतुक्कै हुन्छौं चुकु ।।
पाई हाल्यौ भने पनि चोथाली पाउने छौ ।।

चोथाले = चोथाली

--------------------------------------------------------
Pa Chuks 
 Gaurav Duwadee जी लाइ उत्तर दिनै पर्यो ... 
 
गोरी पनि पाउछु मैले , काली पनि पाउछु
आँट्न मात्रै पर्छ मैले , साली पनि पाउछु
आज सम्म को को पाएँ , हिसाब नै छैन
सिउँदो भर्या मात्र होइन खालि पनि पाउछु
-चुकुप्रकाश

---------------------------------------------------------

Gaurav Duwadee 
 चुकु जीलाई सन्देश आफ्नो ज्यानको सुरक्षाको ।।।।।।

बाहिर चिटिक्क तर भित्र दारा देखाउलान् ।।
छाड्नुस् अब फेरि बाहुले तारा देखाउलान् ।।

विचार गर्नुस् अहिलेका त ठिक हुदैनन् नि फेरि ।।
खपी सक्नु हुन्न आधुनिक पारा देखाउलान् ।।

गौरब दुवाडी

-----------------------------------------------------------------------------  
रमेश तामाङ  

तल घरे गौथली हिजो मलाई भन्दै थिईन !
कहिले आउँला चुकु भनी औंला गन्दै थिईन !!
पञ्चेबाजा बजाउला भन्थ्यो रे नयाँ सालैमा
बैशाख जानै लाग्यो भन्दै मकैबारी खन्दै थिईन !!
 


---------------------------------------------------------------------------

Bajit P Mgr 
हेरिसके सबको पारा कस्ले माया लाएकाछन्!
काली गोरी मेरै भन्दै कति जना धाएकाछन्!!
कति गर्छौ उन्कै चर्चा उस्लाई भने वास्तै छैन!
एकतर्फी माया लाउँदा कति धोका खाएकाछन्!!
 

--------------------------------------------------------------------------


प्रकास पाठक चुकू जि को लिगि
ऽ जब कर्मै बिग्रिए पछि राम्रि पनि कालि होलाऽ
ऽ टन्न भरिएको सबै चिज पनि खालि होलाऽ
ऽ तब मात्रै आउने छ आधीहुरि हेर ऽ
ऽ आफ्नै प्रियसि पनि आफै सँग जालि होला ऽ

"प्रकास पाठक योगि"

--------------------------------------------------------------------------

Bimal Raj *************मुक्तक : *************

किन मनले राम्री राम्री ताकिरहन्छ
राम्री पाउन देवी देउता भाकिरहन्छ

राम्री ताक्न देउता भाक्न छोड्दै छोड्दिन
जती थाक्छ थाकोस् यो मन थाकिरहन्छ

सर्जक :
विमलराज ढकाल "राष्ट्रप्रेमी"
बसेरी ५ धादिङ

------------------------------------------------------------------------

Hari Sharan Aryal 
आफ्नै खुशी अङ्गालोमा नबेरेको धेरै भयो
एना हेर्दा लाज लाग्छ नहेरेको धेरै भयो

याद्लेनै सताउछ यक्लोइ हुँदा उन्को अती
प्रीयसीको नाममा गजल नकेरेको धेरै भयो
 
 
 


-----------------------------------------------------------------------

बाँकी हेर्नुहोस  
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Comment

 
Support : Web Designer | chukuprakash | Prakash Aryal
Proudly powered by Blogger
Copyright © 2011. नेपाली मुक्तक दोहोरि - All Rights Reserved
Design by Chukuprakash